२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ माओवादी केन्द्र प्रदेश अधिवेशन : पदाधिकारी बिना २११ जनाको कर्णाली प्रदेश समिति घोषणा

माओवादी केन्द्र प्रदेश अधिवेशन : पदाधिकारी बिना २११ जनाको कर्णाली प्रदेश समिति घोषणा

सुर्खेत, २८ मंसिर।  नेकपा माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेका कारणले पदाधिकारीविना प्रदेश कमिटी गठन गरेको हो ।

२११ जनाको बैठक बसेर नेतृत्व चयन गर्ने माओवादी केन्द्रका एक नेताले बताए । ‘यहाँ पनि सहमति हुन सकेन भने पार्टी अध्यक्षले नेतृत्व चयन गर्नुहुनेछ,’ उनले भने, ‘सकभर यहीँ सहमति खोज्ने प्रयास हुनेछ ।’

नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार