गृहपृष्ठ माओवादीले लुम्बिनी प्रदेशमा पदाधिकारी चयन गर्न सकेन
माओवादीले लुम्बिनी प्रदेशमा पदाधिकारी चयन गर्न सकेन
दाङ, २८ मंसिर। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन पदाधिकारी चयन नगरि सकिएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा मंसिर २५ र २६ गते भएको सम्मेलनले पदाधिकारीमा आकांक्षीहरु धेरै भएपछि चयन गर्न नसकेको हो । पदाधिकारी छनोट गर्न नसकेपछि अब केन्द्रले यसबारे निर्णय गर्ने नेताहरु बताउँछन् ।
एक अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष गरी ७ जनाको हुने पदाधिकारी सर्वसम्मत चयन गर्न नसकेपछि सम्मेलन समापन गरिएको हो । स्रोतका अनुसार पदाधिकारीको चयन केही दिनपछि बस्ने अर्को बैठकले गर्ने छ।
सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति भने सर्वसम्मत चयन गरेको छ । चयन भएका नयाँ कार्यसमितिले सपथग्रहण समेत गरिसकेका छन् । न्युज कारखाना





