२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ चेपाङ समुदायबाट पहिलोपटक बने मन्त्री

चेपाङ समुदायबाट पहिलोपटक बने मन्त्री

हेटौंडा, ९ पुस ।  पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् ।

शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका  चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए ।

उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार