२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

काठमाडौं, १९ पुस। नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज साेमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय कमिटी घाेषणा गरिसकेकाे छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार