२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ २०७९ जेठ ४ मा स्थानीय तह निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

२०७९ जेठ ४ मा स्थानीय तह निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गर्नुभएको छ । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो ।

सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयो, ‘प्रधानमन्त्री ज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’

प्रधानमन्त्री देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको बागमती प्रदेशका महामन्त्री  श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार