२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ फागुन २ गते बोलाइएको संसद बैठक उक्त मितिमा नराख्न एमालेको आग्रह

फागुन २ गते बोलाइएको संसद बैठक उक्त मितिमा नराख्न एमालेको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले त्यो मितिमा बैठक नराख्न भनेको हो।

हामीले फागुन १ अघि प्रतिनिधि सभा बैठक राख्न आग्रह गरेका छौं। त्यो मितिमा प्रदेश अधिवेशन नभएकाले बैठक नराख्न भनेका हौं,एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीसँग भने, प्रतिनिधि सभाका सचिव र महासचिवलाई यसबारे जानकारी गराएका छौं। जवाफ आएको छैन।पार्टीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ। बैठक चलाउन १४ सांसदलाई कारबाही सूचना टाँस्नु पर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्झौता टेबल गर्न चाहेका छन्। सत्तारूढ गठबन्धनका दलहरूबीच नै कुरा नमिलेकाले बैठक सरेको सर्‍यै छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार