२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची एक दिन अघि नै सार्वजनिक गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । स्रोत : खबरहब 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार