२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ चुनावले गठबन्धनलाई टकटक्याएर फ्याँक्नेछ : एमाले अध्यक्ष ओली

चुनावले गठबन्धनलाई टकटक्याएर फ्याँक्नेछ : एमाले अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पसेको आरोप लगाएका छन् ।

नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा वजेट कटौती गरेकोप्रति लक्षित गर्दै ओलीले गठबन्धनलाई अलच्छिनको संज्ञा दिएका हुन् ।

‘हामीले अघि सारेका योजना र कार्यक्रममा योमा पनि पैसा छैन, तयोमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै पैसा छैन भनेन’, ओलीले भने, ‘गठबन्धन आएपछि अलच्छिन पस्यो देशमा, यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टक्टक्याएर फ्याक्ने छन् ।’

ओलीले निर्वाचन आयोगलाई निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आग्रह समेत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गठबन्धनले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आयोगलाई धम्क्याउने तर्साउने काम भइरहेको आरोप लगाए ।

प्रहरी सेना र कर्मचारीलाई पनि निर्वाचन स्वतन्त्र र धाँधलिरहित बनाउन सहयोग गर्न आग्रह गरे । ‘आयोगलाई मेरो प्रश्न छ, शान्तिपूर्ण निर्वाचन हुन पाउनुपर्छ कि पर्दैन रु’–ओलीले भने। ‘प्रहरी सेना कर्मचारीले एमालेलाई साथ दिनुपर्दैन तर तटस्थ भएर निर्वाचनलाई शान्तिपूर्ण र स्वतन्त्र बनाउन योगदान गर्नुस् । ’

५ दलीय गठबन्धनलाई जनताले मतलबै नराखेको र एमालेको पक्षमा देशव्यापी लहर आएको ओलीको दावी थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार