२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने नवनिर्वाचित जनप्रतिनीधिको पहिलो निर्णय

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने नवनिर्वाचित जनप्रतिनीधिको पहिलो निर्णय

बुटवल । बुटवल उप-महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिले प्रदभार ग्रहणसंगै दुई वटा निर्णय लिईएको छ । भूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

पदभार ग्रहणसंगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहिन सुकुम्बासी जनताको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो । त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मुल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिईएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमन अनुगकन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

बुटवल उप-महानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उप-प्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै नगरपालिकामा प्रस्ताव भई आएका यी दुई निर्णय सदर गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार