२०८३ जेठ ३० गते शनिवार | June 13, 2026

गृहपृष्ठ नेकपा एमालेका अध्यक्ष ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न दिए चुनौती

नेकपा एमालेका अध्यक्ष ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न दिए चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरे । उनले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती दिए । उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार