गृहपृष्ठ एकीकृत समाजवादीबाट नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ
एकीकृत समाजवादीबाट नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ
काठमाडौँ । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहका बिच नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीलाई शपथ खुवाएकी हुन् ।
शीतल निवासमा आयोजित उक्त समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, भवानी खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएका हुन् । शपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दै छन् ।





