२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ राष्ट्रियसभाको बैठक आउदो बुधबार सम्मका लागि सर्यो

राष्ट्रियसभाको बैठक आउदो बुधबार सम्मका लागि सर्यो

काठमाडौँ । राष्ट्रियसभाको बैठक सारिएको छ। आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुयाँलले जानकारी दिए। बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णयपछि संघीय सदनका कारण दुवै बैठक बुधबारलाई सारिएको हो। आइतबार, सोमबार र मंगलबार राष्ट्रिय शोक मनाइँदैछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार