गृहपृष्ठ आफ्ना गोरखाली मतदातालाई ट्वीटर मार्फत धन्यवाद दिंदै डा.भट्टराईले गरे प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा
आफ्ना गोरखाली मतदातालाई ट्वीटर मार्फत धन्यवाद दिंदै डा.भट्टराईले गरे प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जाल मार्फत गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
यसअघि डा.भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए । चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् ।आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् ।






