गृहपृष्ठ भैरहवामा दिपक र विकास एक अर्काेकाे पर्यावाची
भैरहवामा दिपक र विकास एक अर्काेकाे पर्यावाची
भैरहवा । रुपन्देही सदरमुकाम भैरहवाकाे बिकासकाे पर्याबाचिकाे रुपमा दिपक बाेहाेरा रहेकाे एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राप्रपा, एमाले र जसपाकाे तीन दलिय तालमेलबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका दिपक बाेहाेरा र प्रदेश सदस्य उम्मेद्वार महेन्द्र यादबकाे चुनाब प्रचार प्रसार कार्यलय वडा नम्बर ३ काे शुभारम्भ कार्यक्रममा बाेल्ने वक्ताहरुले त्यस्ताे बाेलेका हुन् ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुर्वमन्त्रि दिपक बाेहाेराले संसदमा रहदा, सरकारमा रहदा नरहदा सधै भैरहवाबासि, रुपन्देही बासिकाेलागि काम गरेकाे ईतिहास बताउदै अासन्न निर्वाचनमा अाफु निर्वाचित भईरहदा भैरहवाबासिकाेलागि दिगाे विकास र समृद्धिकाे केही महत्त्वपूर्ण याेजनाका काम गरेर जाने सपना रहेकाे बताए । साे कार्यक्रममा पुर्व गृहमन्त्री निरन्जन थापाले देशकाे निकासकाेलागि याे ३ दलिय तालमेल जरुरि रहेकाे बताए । उनले भाे, “अहिले चरम भस्टाचार, महङ्गि, चरम बेराेजगारि बढेकाे बढ्यै छ । यसबाट निकास दिन, देश विकासकाेलागि ३ दलिय तालमेलबाट उमेदवारि दिएका छाै ।”
उक्त कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थिले परमादेशबाट स्थापित सरकार जनादेशबाट हटाउन जरुरि रहेकाे बताए । उनले भने, ” नाकाबन्दि हटाउन हाम्राे पाटिकाे नेतृत्वमा रहेकेा सरकारलाई राप्रपाकाे सहयाेग उल्लेखनिय रहेकेा थियाे । रास्ट्र र रास्ट्रियताकाेलागि हामिले तालमेल गरेका हाै ।” पन्थिले भने, “भैरहवाकाे लागि विकास र दिपक पर्याबाचि जस्तै रहेकाे छ । सधै पर्यटक मान्छेलाई मात्रै अगाडि लैजादा समस्या भयाे । भैरहवाकाे हकमा सिनपाकाे माटाे र जनताले चिनेकाे दिपक बाेहाेरालाई जिताउनु जरुरि छ ।”
उनले अगाडि भने, “चुच्चे नक्सामा रहेकाे भुमि फिर्ता गराउन , मुस्ताङदेखि मर्चवार समम, महाकालि देखि मेचि सम्म रेल मार्ग शुरुवात गरेनु जरुरि छ । यतिबेला हामी सिङ्गाे र एकताबद्ध हामिले हाम्राे स्वाभिमान बचाउने कुराकाे लागि ३ दलिय गठबन्धन भएकाे हाे । मंसिर ४ पछि केपि अाेलिकाे नेतृत्वमा सरकार बनेपछि सबै समाधान हुनेछन ।” साे अवसरमा क्यास माेहमद गुड्डु बाबू ले जब चुनाब आउछ तब नागरिकताकाे कुरा अाउछ भन्दै नागरिकता कुनै मिठाई हाेईन कि जथाभावि बाड्ने भन्दै गृहमन्त्री खाणलाई चुनाैती समेत दिए ।






