२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ पाल्हिनन्दनद्वारा नवनिर्वाचित प्रतिनीधि तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

पाल्हिनन्दनद्वारा नवनिर्वाचित प्रतिनीधि तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

रंजीत शर्मा, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले नवनिर्वाचित प्रतिनीधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता (दिपक) ज्युको अध्यक्षतामा तथा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य ध्रुव वहादुर प्रधानको प्रमूख अतिथिकतामा सम्पन्न भएको छ।

मंसिर ०४ गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं ०२ बाट निर्बाचित भएका प्रतिनिधी सभा सदस्य राप्रपाका ध्रुव वहादुर प्रधान, २ क बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचीत भएका लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेत, २ ख बाट नेपाली कांग्रेस तर्फका बैजनाथ जयसवाललाई पालिकाले बधाई सहीत शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतले आफ्नो कार्यकालमा जनतालाई प्रत्यक्ष महसुस हुने काम गर्ने बताएका छ। आगामी निर्वाचनमा मत माग्न जाँदा जनताले मेरो कामको आधारमा भोट गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दोस्रो पटक निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले यस पालिकाका समग्र विकासको लागि आफू कुनै कसर बाँकी नराख्ने बताएका छन्। आगामि दिनमा जनताले मैले गरेको कामको प्रत्यक्ष लाभ लिन सक्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुव वहादुर प्रधानले यस क्षेत्रको विकासका लागि तिनै तहको सरकार संग समन्वय गरी अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । यस क्षेत्रमा थुप्रै सम्भावना गरेकोले आफु यसको समस्या समाधान गर्न लाग्ने बताउनु भएको छ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका का उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), पुर्ब उपाध्यक्ष पावित्री कोहार, बिभिन्न वार्डका वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्य,कर्मचारीको उपस्थिती रहेको थियो भने स्वागत् मन्तब्य प्रमूख प्रशासकिय अधिकृत परशुराम पोखरेल र कार्यक्रम संचालन योजना शाखा प्रमुख अनिल चौधरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार