२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ ।बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावलीबारे सार्वजनिक गरेको हो ।

सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ । तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित तीनजनाको नाम छ । वाग्लेसहित ईश्वर लामिछाने र डा रूपक विक घिमिरेले पनि तनहुँ–१ का लागि नाम दर्ता गरेका छन् ।

यस्तै बारा– २ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ। उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । प्रारम्भिक उम्मेदवारीउपर चैत १७ गते बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार