२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ राष्ट्रपति रामचन्द्र पौडेल फेरी अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल फेरी अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेललाई के भएको हो भन्ने बारेमा केही खुलाइएको छैन । राष्ट्रपति पौडेलको मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार