२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ सामाजिक अभियान्ता पंगेनी दम्पतीले आश्रममा मनाए दशैं (फोटो फिचर )

सामाजिक अभियान्ता पंगेनी दम्पतीले आश्रममा मनाए दशैं (फोटो फिचर )

आश्रममा मनाए दशै सामाजिक अभियान्ता लाल प्रसाद पङ्गेनी `कृष्ण´ एवम् उहाँकी धर्मपत्नी दिव्या पङ्गेनीले यस वर्षको बडा दशैँ बुटवल स्थित मानवसेवा आश्रममा मनाउनुभएको छ ।

वर्ष २०७७ को दशै सहयोगापेक्षी आमाबुवा, दिदिबहिनी, दाजुभाइ, बाबुनानीसंगै मानव सेवा आश्रममा मनाउने सोचाइ अनुसार आश्रम पुगि दशैं मनाइयो, पङ्गेनीले बताउनुभयो । मानव सेवा आश्रम बुटवलको स्थापना काल देखिका अभिभावक समेत रहेका पङ्गेनी `घर-घरमा चुल्हो अभियान´, मानव अधिकार तथा शान्ति समाज, नेपाल रेडक्रस सोसाइटी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, नेपाल शिक्षक सङ्घ, नेपाल प्रेस युनियन लगायतका दर्जनौं संघ/संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँले हिजो साझ सैनामैना ३ रुपन्देहीमा दुई परिवारलाई दशैमा चुल्हो बाल्न सहयोग गर्नुभएको थियोे ।

कोभिड १९ ले पारेको वर्तमान विषम परिस्थितिमा सैनामैना नगरपालिकामा मात्रै करिब २०० परिवारलाई खाद्यान्न सामग्रीको माध्यमबाट चुल्हो बाल्न सहयोगीको भुमिका निर्बाह गर्नुभएको  थियो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार