गृहपृष्ठ सैनामैनाका युवतीहरुद्धारा महिला हिंसा विरुद्ध दोश्रो चरणको मौन प्रदर्शन (फोटो फिचर)
सैनामैनाका युवतीहरुद्धारा महिला हिंसा विरुद्ध दोश्रो चरणको मौन प्रदर्शन (फोटो फिचर)
“अब त अति भयो आउहोस सबै मिली बलात्कार र बलात्कारी सोच विरुद्ध आवाज उठाउ” भन्ने मुल नाराका साथ सैनामैना जेसिजद्धारा महिला हिंसा विरुद्ध मौन प्रदर्शन गरेको छ ।
सैनामैना जेसिजको आयोजनामा शुक्रवार करिब ४ बजे मुर्गिया चोकमा सैनामैनाका युवतिहरुले कालो पोशाक लगाएर बलात्कार, यौन हिंसा, लगायतका घटनालाई मध्यनजर गर्दै मौन विरोध गरेका थिए ।
सैनामैना जेसिज की अध्यक्ष सिता क्षेत्रीले यो प्रदर्शनले बलात्कारको घटना विरुद्धमा राम्रो कदम चालेको बताउनुभएको छ ।
क्षेत्रीले पछिल्लो समय बलात्कारको घटनाले उग्र रुप लिएकाले यो घटनालाई निर्मूल पार्नको लागि मानिसको सोच परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । उहाँले बलात्कारीलाई कडा कानुनी सजाएको व्यवस्था भएमा अन्य मानिसमा बलात्कार जस्ता हिंसात्मक कार्यमा संलग्न हुने आँट नआउने बताउनुभएको छ ।
‘स्टप रेप, अत्ति भयो, अझै कति सहने, व्यक्तिलाई के दोष दिन्छौँ, यहाँ असली बलात्कारी त कानुन हो ’ तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ ’ सहमती बिनाको यौन सम्पर्क स्वीकार छैन ’ लेखेका प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।
सैनामैनाका युवतीहरुद्धारा यो दोश्रो चरणको मौन प्रदर्शन हो ।


@sainamainakhabar





