गृहपृष्ठ मधेस आन्दोलनमा लहान बासिको ठुलो भुमिका थियोे : नेता महतो
मधेस आन्दोलनमा लहान बासिको ठुलो भुमिका थियोे : नेता महतो
सिरहाको लहान नगरपालिका वडा नम्बर २२ शिसवनिमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।जनता समाज बादी पार्टी नेपालका युवा नेता राम पुकार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रमको प्रमुख अतिथि भुमि ब्यव्यस्था तथा कृषि सहकारी मंन्त्री सैलेन्द्र साहले भने प्रदेश २ लाई अर्गेनिक प्रदेशको रूपमा निर्णय गर्न लगेको हो । प्रदेश २ मा कृषक पाठशालाको माध्यम बाट पढाई हुने मंन्त्री साहले बताए ।
प्रदेश सरकार प्रत्येक पालिकामा माटो परिक्षण ब्यबस्था छिटोनै गर्ने बताए । देशको ११४ वटा नदिको निरक्षण गरेका छन् । किसानहरुको प्रत्येक हातमा सिचाइ हुनुपर्छ।यो प्रदेश को समृद्धि कृषिमा अधारीत रहेको र सिरहामा दलितको संख्या धेरै रहेको बताउनु भयो । जबसम्म प्रहरी एन आउदैन तब सम्म हामीलाई देशमा समद्धि ल्याउन कठिन हुने उनले बताए तत्काल समाजिक परिवर्तनको खाचो रहेको बताए । हरेक आन्दोलनमा अग्रसर रहेको सिरहा जिल्ला बिकासमा पछाडि रहेको छ । समाजमा परिवर्तन ल्याउन तपाईंहरुको साथ सहयोगको खाचो रहेको उनले बताए । प्रदेश नम्बर २ मा ५० हजार किसानहरु लाभामबित भएको र हामीहरु,साना किसानहरुलाई १० कट्ठा खेती गर्न सहयोग स्वरुप खातामा दस हजार रकम सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेका छ । हुलाकी राजमार्गलाई दुध केन्द्रिय ब्यव्यवस्था मिलाई रहेको र कृषिमा विशेष ध्यान दिएको मंन्त्री साहले बताए । संघियता १० बर्ष टिक्यो भने मधेसमा बाटो देखि कृषि क्षेत्रमा छिटोनै बिकास हुने जनता समाज बादी पार्टी नेपाल लहानका मेयर प्रत्याशि बैजनाथ साहले बताए । प्रदेश नम्बर २ को मंन्त्रीहरु सिरहा बासीहरुलाई दुतको रूपमा प्रयोग गर्ने गरेका नेपाल पत्रकार मंहासघ सिरहाको सभापति दिनेश्वर गुप्ताले बताए ।
कार्यक्रमको अतिथिहरुमा पार्टीका केन्द्रिय सदस्य बिजय सिंह दनुवार,सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष परियाग लाल यादव,युवा नेता दिनेश महतो, विद्यार्थी नेता चन्द्र शेखर यादव , नेता राम उदगार महतो ,लगायतका सयौं नेताहरुको कार्यक्रममा सहभागीता रहेको थियो । लहान नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राकेश रोशन गुप्ता का अनुसार जनताको भुल भुलैयामा पार्ने काम नेकपा सरकारले गरेको छ् । पार्टीका युवा नेता तथा जिल्ला सदस्य राम चलितर महतोले भने यो लहान २२ लडाकु वडाको रूपमा चिनिन्छ । आउने चुनावमा सम्पुर्ण मधेशबादी पार्टी एउटा चुनाव चिन्ह लिए चुनावमा आउने उनले ठाेकुवा गर्नु भयो । देशको सासन साता राजनीति पार्टीले नै चलाउने गरेको बताए । लहान २२ का जनताले पार्टीमा राम्रो सहयोग गरेको उनको भनाई छ ।
मधेस आन्दोलनमा ठुलो भुमिका रहेको बताए । नेपालमा थारु समुदायको लागी पनि काम गर्ने राजनीति पार्टी भनेको जनता समाज बादी पार्टी नेपाल नै हो महतो ले बताए । समाज बादी विद्यार्थी नेपालको प्रदेश नम्बर २ को अध्यक्ष दिपेश कुमार यादव ले भने ,राजनीति बाट कुनै गुनराहमा नपर्न आग्रह गरेका थिए। काङ्ग्रेस , एमाले सदियो देखि सोसन गरेको हो । राजनिती ब्ययवस्था क्रमभग्ता भएको बताए । अनि मात्र मानव अधिकारको सर्बागिन बिकास हुने बताए । मधेसी पार्टीको केन्द्रिय परिसद सदस्य जितेन्द्र प्रसाद सिंह ले बताए । नेता राकेश झाले भने यो पार्टी बैकल्पिक शक्ति को पार्टीको रूपमा अगाडि बढी रहेको ठाेकुवा गर्नु भयो ।









