२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ लियो क्लब अफ बुटवल खस्यौली युथद्वारा नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग

लियो क्लब अफ बुटवल खस्यौली युथद्वारा नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग

लियो क्लब अफ बुटवल खस्यौली युथले नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग गरेको छ । शुभ दिपावली २०७७ को उपलक्ष्यमा क्लबले तिहारमा आवस्यक पर्ने झिलिमिलि तथा दीपावलीमा प्रयोग हुने विविध सामग्री सहयोग गरेको छ ।

आश्रम प्राङ्गणमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लियो होमनाथ सापकोटाको अध्यक्षता, लियो जिल्ला परिसद रुपन्देहीका  लियो सागर कँडेलको प्रमुख आतिथ्यता, 325B2 नेपाल एरिया ४ क सल्लाहकार लियो गोविन्द बन्जाडेको विशिष्ट आतिथ्यता र लियो विकास पन्थको संयोजकत्व र अच्युत पौडेलको सह सम्योजकत्तोमा कार्यक्रम सञ्चालन भएको थियो ।

विगतका दिनमा पनि यस क्लबले विभिन्न ठाउँमा सहयोग गर्दै आएको अध्यक्ष सापकोटाले बताए यसरी सहयोग गर्न पाउँदा मन नै खुसी हुने कुरा उनले बताए । क्लबका दृतिय उपाध्यक्ष एबं कार्यक्रम संयोजक विकास पन्तका अनुसार हरेक चाडमा हामी मात्र रमाउनु भन्दा अरूलाई सहयोग गरेर उनीहरुलाई पनि रमाउने अवसर दिईयो र सहयोग गरियो भने सबैलाई रमाउने अवसर मिल्ने कुरा उनले बताए । कार्यक्रममा अथितीहरुले शुभकामना मन्तव्य राख्दै आगामी दिनहरुमा पनि यस्ता पुनित कामहरु गर्दै अगाडी बढ्न सल्लाह दिनुभएको थियो  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार