गृहपृष्ठ नेपाल जेसीजको आयोजनामा राष्ट्रिय प्रशिक्षक प्रशिक्षण पोखरामा सम्पन्न (फोटो फिचर )
नेपाल जेसीजको आयोजनामा राष्ट्रिय प्रशिक्षक प्रशिक्षण पोखरामा सम्पन्न (फोटो फिचर )
उदयमान/पोखरा
नेपाल जेसीजको आयोजना तथा पोखरा लेडी जेसीजको संयोजनमा ४ दिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सम्पन्न गरिएको छ । तालिम र अभ्यासको माध्यमबाट युवाको व्यक्तित्व र नेतृत्व विकास गर्न तालिम आयोजना गरिएको हो ।
पोखरा लेडीकी अध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षतामा भएको तालिम अहिलेको बिषम परिस्थितिलाई ध्यानमा राखी सामाजिक दूरी र सुरक्षा मापदण्ड अपनाएर भएको थियो । मंसिर ३ गते सुरु भएको तालिममा २५ शाखाबाट २९ जना सहभागी थिए ।

तालिममा प्रमुख प्रशिक्षक सफटेक कलेजका एकेडेमिक निर्देशक राजाबाबु शाह र प्रशिक्षकमा सेवक बजगाई, मुक्तिनाथ गैरे रहेका थिए । पोखरा महानगरपालिका वडा नं.४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको प्रमुख आतित्थ्यतामा उद्घाटन सत्र भएको थियो भने शनिबार भएको समापन सत्रका प्रमुख अतिथि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग थिए । कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकर पनि उपस्थित थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारी, कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय तालिम आयुक्त शिव सुवेदी, राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, एरिया वि तालिम संयोजक पायल शर्मा, पूर्व राष्ट्रिय महासचिव अरुणेश्वर खनाल लगायत उपस्थित थिए ।
कार्यक्रम संयोजन लक्ष्मी अधिकारीले गरेकी थिइन भने सञ्चालन पोखरा लेडीकी सचिव गायत्री फुयालले गरेकी थिइन् ।












