२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ गल्याङ जेसिजमा गोपिकृष्ण रेग्मी निर्वाचित

गल्याङ जेसिजमा गोपिकृष्ण रेग्मी निर्वाचित

गल्याङ जेसिजको अध्यक्षमा गोपिकृष्ण रेग्मी निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो शाखा अधिवेशनबाट वर्ष २०२१को लागि रेग्मी निर्वाचित हुनुभएको हो ।

संचालक समितिको कार्यकारिणी उपाध्यक्ष पदमा ज्ञानेन्द्र पाठक र प्रतिमा भट्टराई निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा केशव वस्याल, हेमा न्यौपाने, सुनिल पाठक र रेश्मी राज न्यौपाने निर्वाचित हुनुभएको छ । कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष लगायतका मनोनीत पदमा अध्यक्षले पद हस्तान्तरणको समयमा मनोनयन गर्ने प्रमुख निर्वाचन आयुक्त अमृत अर्यालले बताउनुभयो ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्नुहुँदै युवा नेता गुरु प्रसाद भट्टराईले २००३ सालमा केही युवा मिलेर गठन भएको एउटा राजनैतिक दलले ४ वर्ष मै देशमा ठुलो परिवर्तन गरे । जेसिज युवाहरु पनि यस्तै परिवर्तनको संवाहक हुनुपर्ने र जेसिज आस्थालाई व्यावहारमा उतार्न आवश्यक रहेको बताउनुभयो मातृशाखा वालिङका पुर्व अध्यक्ष एवम् भिरकोट नगरपालिका ५ का अध्यक्ष लक्ष्मण अधिकारीले गल्याङ जेसिज स्थापनार्थ खेलेको भुमिका उल्लेख गर्दै गल्याङ जेसिज गल्याङका युवा र समाज परिवर्तनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्यालले जेसिज भनेको युवालाई पद्धति सिकाउने जेसिज विधिको पर्यायवाची हो । जेसिजमा एक व्यक्ति, एक वर्ष एक कुर्सीको वयवस्था रहेको बताउनुभयो । कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देलले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । गल्याङ जेसिजका अध्यक्ष दर्वेन्द्र देव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव खगेन्द्र भण्डारीको संचालनमा रहेको थियोे । कार्यक्रममा गल्याङ जेसिजका संस्थापक अध्यक्ष शिव खनालको स्वागत मन्तव्य र कानुनी सल्लाहकार विष्णु अधिकारीको धन्यवाद मन्तव्य रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार