गृहपृष्ठ समाजसेवी गुड्डु गुप्ताद्वारा विधालयमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण
समाजसेवी गुड्डु गुप्ताद्वारा विधालयमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं ३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा.वि. बिधालयहरुमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज पाल्हिनन्दन गाउपालिकाका राजनरायण मा. बि. गेरमी , राधाकृष्ण मा.बि. विष्णुपूरा , शुकदेव मा०बि० सनइ , जनता मा०बि. लोहरौलीमा २४ पिस सेनेटाइजर र १५० पिस मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
कोरोनाको महामारी बीच पनि भौतिक रुपमा बिधालय संचालन गर्नु पर्ने बाध्यता रहेकोले शिक्षक तथा विद्यार्थीहरुले सावधानी अपनाइ शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन यो अभियान चालिएको र पालिकाका सबै मा.बि. बिधालयमा हस्तान्तरण गरिने गुड्डु गुप्ताले जानकारी दिएका छन् । यस अघि पहिलो चरणमा पाल्हिनन्दन गाउपालिकाका हरपुर मा०वि० हरपुर र बाल शिक्षा निकेतन मा०बि० सुनरिमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रम पत्रकार रन्जीत शर्मा , ग्यानेश्वर सहानी , युवा अभियन्ता सुभान अलि , शिक्षा प्रेमी मोबारख पठान , सन्जय जैसवाल लगायत सबै बिधालयका प्रधानाध्यापक , सहयोगि शिक्षकको सहभागिता रहेको थियो ।





