२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ नि:शुल्क १००० थान मास्क वितरण कार्यक्रम सम्पन्न

नि:शुल्क १००० थान मास्क वितरण कार्यक्रम सम्पन्न

बिनय मिश्र / नवलपरासी/ १ माघ ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ गोपालपुरमा माघेसन्क्राती मेलालाई थप सुरक्षाका साथ मनाउनको लागी १००० थान मास्क निशुल्क रुपमा वितरण गरिएको छ ।

युवा सचेतना संस्थाका अध्यक्ष इमामुल अलिको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको विशिष्ट अतिथ्यता,एवम् पाल्हिनंदन गाउपालिका उपाध्यक्ष पाबित्रा कोहारको विशेष अतिथ्यता तथा
देवेन्द्रराज कंडेलका स्वकीय सचिव कमल किशोर राय माझी , समाजसेवि राजनरेस दास पटनवार, अनिल उपाध्याय, उपेन्द्र गुप्ता ,पत्रकार जितेन्द्र गुप्ता समाजसेवि धर्मेन्द्र मोैर्य , हिरा हरिजन तथा संस्थाका पदाधिकारीहरुको सहभागीता मा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कंडेलले ” मेलालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरि ,आफू सुरक्षित भइ मनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार