२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ परासीमा ३ दिने निवेदन लेखन तालिमकाे आज समापन

परासीमा ३ दिने निवेदन लेखन तालिमकाे आज समापन

आज पश्चिम नवलपरासीको परासीमा ‘ बन्दुक चलाउने हातहरु भन्दा कलम चलाउने हातहरु बढि सजक र सचेत हुनुपर्छ ‘ भन्ने मुल नाराकाे साथमा ३ दिने निवेदन लेखन तालिम सम्पन्न भएकाे छ । उमंग मिडिया प्रा लिद्वारा संचालित राष्ट्रिय दैनिक पत्रिकाकाे आयाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे सहयाेग मा उक्त कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

राष्ट्रिय दैनिकका संपादक विनय मिश्रकाे अध्यक्षता तथा पाल्हिनन्दन गा पा प्रमुख बैजु प्रसाद गुप्ता ( दिपक ) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे भने अतिथिहरुमा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , उत्तम सहयाेगी संस्था का अध्यक्ष गुड्डु गुप्ता , राष्ट्रिय दैनिक का कार्यकारी निर्देशक उमेश बि क , चित्रकार नरबहादुर बि क , पत्रकार सुरेश यादव , ग्यानेश्वर सहानी , शैशव मञ्च नेपाल का अध्यक्ष सिध्दान्त पाठक र कलाकार एवम् पत्रकार रामजी प्रजापति लगाएत रहनु भएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य – परिक्षार्थी नित्यानन्द पाण्डे काे रहेकाे थियाे भने शुभकामना मन्तव्य – उमेश बि क , राकेश गुप्ता , गुड्डु गुप्ता , नरबहादुर बि क काे रहेकाे थियाे भने कार्यक्रम सञ्चालन रन्जित शर्माले गर्नु भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार