२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ हड्तालको प्रभाव सैनामैनामा : पलेटि मारेर कार्यकर्ता सडकमा

हड्तालको प्रभाव सैनामैनामा : पलेटि मारेर कार्यकर्ता सडकमा

रुपन्देहीको सैनामैनाका विभिन्न चोकहरुमा पलेटि मारेर कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रचण्ड(नेपाल पक्षको नेकपाले आह्वान गरेको आम हडतालको सैनामैनामा पनि प्रभाव देखिएको छ । ओली पक्षको नेकपा बिष्णु पौडेलको निर्वाचन क्षेत्र भएका कारण बन्दको प्रभाव नपर्ने आँकलन गरिए पनि सैनामैनामा बन्दको कडा प्रभाव परेको हो ।

बन्द प्रभावकारी बनाउन प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा आवागमन रोकिरहेका छन् भने सानो सानो समूह बनाएर छुट्टाछुट्टै प्रदर्शन पनि गरिरहेका छन् । प्रदर्शनकारीले हातमा मुग्रो र लट्ठी बोकेर सरकार विरोधी नारा लगाएका छन् । उनीहरुले नारामा यसो भन्छन् प्रतिगमन मुर्दावाद,ओलीको असंवैधानिक कदम खारेज गर,आमहड्ताल सफल पारौँ,विर सहिद लालसलाम,नेकपा जिन्दावाद,सविधान मास्न पाइदैन,उखानटुक्काले देश चल्दैन,बन्द रहर होइन बाध्यता हो लगायतका नारा समेत लगाएका थिए ।

 

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आमहड्ताल गर्न बाध्य भएको नेकपा प्रचण्ड–नेपाल पक्ष संघर्ष समिति सैनामैना नगर संयोजक नारायण महतले बताएका छन् । सवैधानिक निकायमा एकाधिकार निर्णयबाट ओली सरकारले नियुक्त गर्नेे दुष्साहसको प्रतिवाद गर्दै शान्तिपुर्ण तरिकाले प्रर्दशन गरेको संयोजक महतले बताएका हुन् । राज्य सस्थाबाट कु गरेको प्रत्येक्ष असर जनतालाई र समग्र देशलाई परेको तर्क गर्दै महतले आन्दोलन गर्नु रहर नभएर बाध्यता भएको बताएका छन् । सविधानलाई नै कुल्चीएर गरिएको कदमको विरुद्धमा देशभर निरन्तर आन्दोलन चकाउने चेतावनी समेत दिएका छन् ।

आन्दोलनकारीले एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू भने सोधपुछ गरेर छाडेका छन् ।निजी गाडी र मोटरसाइकल चले पनि हिजोअस्तिको जस्तो चहलपहल भने छैन । बजार पनि कम खुलेका छन् । ठाउँ(ठाउँमा नेता र कार्यकर्ता बन्द गराउन भन्दै हिँडेका छन् । जबर्जस्ती बन्द गराउँदै हिँड्नेलाई प्रहरीले केही ठाउँमा पक्राउ समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार