गृहपृष्ठ भलवारी जेसिजद्वारा शाखा पदाधिकारी तालिम सम्पन्न
भलवारी जेसिजद्वारा शाखा पदाधिकारी तालिम सम्पन्न
उदयमान, फाल्गुन २३ ।
भलवारी जेसिजले आफ्ना शाखाका पदाधिकारीहरुको निम्ति आयोजित लोम अफिसर तालिम सम्पन्न गरेको छ । कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी बोल्दै जेसीज विधीको शासन चल्ने एकमात्र संस्था भएको कुरा गर्दै निजी क्षेत्रकाे तर्फबाट आवश्यक सम्पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाउनु भयो ।
नेपाल जेसीज वर्ष 2019 का कार्यकारिणी उपाध्यक्ष जेसिआई सिनेटर रविन पोखरेलको प्रमुख प्रशिक्षणमा तालिम सम्पन्न भएको हो । वहाँले शाखाका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका भलवारी जेसीजका वर्ष 2021 का अध्यक्ष जेसी राम प्रसाद भण्डारीले भलावारी जेसीजले जेसीज अभियानलाई उत्कृष्ट बनाउन युवाहरुलाई प्रशिक्षणका माध्यमबाट कुशल नेतृत्व विकासमा योगदान पुर्याउने ध्येयले प्रभावका लागि एकता unity for impact प्रकरण लिएर अगाडि बढेको जानकारी गराउनु भयो । उक्त कार्यक्रमको सञ्चालन महासचिव जेसी दुर्गा प्रसाद पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी लक्ष्मण खनालले राख्नु भएको थियो ।





