२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ विभागीय टिम एपीएफले पहिलो संस्करणको मेयर कप महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेयो

विभागीय टिम एपीएफले पहिलो संस्करणको मेयर कप महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेयो

काठमाडौं । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले मेयर कप क्रिकेटको उपाधि जितेको हो ।

१ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

उत्कृष्ट सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो ।

एपीएफकी ज्योती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका हुन् ।

२७ रनमा खेलेकी सिता ११ ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । उनले ३२ बलमा ४ चौका प्रहार गरिन् ।

ज्योतीले ३६ रनको योगदान दिइन् । उनले ३८ बलमा पाँच चौका प्रहार गरिन् । इन्दु बर्माले १९ र ममता चौधरीले १५ रनमा अविजित रहे ।

यसअघि सुदूपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन जोडेको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् । उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रनको अविजित पारी खेलेकी हुन् ।

त्यस्तै, कविता कुँवरले १४, डोली भट्टले १४ र रेवती धामीले १० रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न बलिङतर्फ एपीएफका लागि रेखा रावल, करुना भण्डारी, सुष्मा श्रेष्ठ, सिता रानामगर र विनु बुढाले समान एक एक विकेट लिए ।

प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार प्रप्त गर्यो ।

विभागीय टिम एपीएफलाई उपाधि जिताएकी कप्तान सरिता प्लेयर अफ दी सिरिज बनिन ् यस्तै, एपीएफकी ज्योती पाण्डे प्लेयर अफ दी फाईनल बनिन् । एपीएफलाई उपाधि दिलाउन उनले सितासंग मिलेर पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेकी थिईन् ।एपीएफकी बिनु बुढाथोकी उत्कृष्ट बलर बन्दा रुविना क्षेत्री उत्कृष्ट ब्याट्समयन चुनिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार