गृहपृष्ठ लायन्स क्लव अफ बुटवल स्टार्समा खाँन
लायन्स क्लव अफ बुटवल स्टार्समा खाँन
बुटवल, वैशाख १,।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२१—२०२२ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा एन्जिल मिया खाँन चयन भएका हुन ।
सोमबार सम्पन्न कार्यक्रमबाट २२ जना नया कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय कुमार वर्णवाल ,द्धितिय उपाध्यक्षमा भुपेन्द्र अर्याल, तृतिय उपाध्यक्षमा बिश्वजित कसौधन, सचिवमा राजन जिसी, कोषाध्यक्षमा रामबहादुर शाही , सह–सचिवमा ढकेश्वर भट्टराइ, सह–कोषाध्यक्षमा अब्दुल सलामत चयन भएका हुन ।
यस्तै पि.आर.ओ दुुर्गा बहादुुर आले, एलसिआइएफ कोडिनेटर चेयरपर्सन मान बहादुर श्रेष्ठ क्लब मेम्बरसिप चेयरपर्सन रुपमागंत पाण्डे, क्लब मार्केटीङ्ग कम्यूनिकेशन चेयरपर्सन रबि भट्टराई, निर्देशक डायवटिज चेयरपर्सन डा.अन्जनी बर्नवाल , निर्देशक हंर्गर चेयरपर्सन निर्देशक विजय प्रधान, युथ चियर फर्सन निर्देशकमा घनश्याम पाण्डे, फाईन्स चेयरपर्सन निर्देशकमा प्रदिप भट्राई, स्पोट्स निर्देशक चियर पर्सनमा कृष्ण जिसी, टेल—ट्वीटर किशोर बर्मा, टेमरमा नविन पन्थी चयन भएको निवार्चन आयुुक्त दिपक भट्राईले जानकारी दिए ।
लायन्स ३२५ वि २ नेपालका द्धितिय भ्वाईस डिष्ट्रक गर्भर नवराज न्यौपाने नवनिर्वाचित पदाधिकारीहरलाई शुभकामना दिदै सामाजिक काममा क्लव नेपालको मात्रै नभएर लायन्सकै ईतिहासमा गौरवपुर्ण काम गर्ने अपेक्षा समेत व्याक्त गरे । यस्तै कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ वि २ का पुर्व गर्भनर अरुण प्रताप राणाले क्लवले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझ परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।
यस्तै कार्यक्रममा लायन्स डिष्ट्रक एड्भाईजर अर्जुनमान सैजुले पनि क्लवले आगामी दिनमा थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै आफुले स्पोन्सर गरेको क्लवले गरेको कामबाट आफु गौरवान्वीत भएको बताए ।
कार्यक्रमा २०२०÷२१ का अध्यक्ष शुशिल पाण्डे (एमजेएफ) ले नया“ कार्यसमिति बधाई र क्लबलाई कसरी आगाडी क्रियासिल गराउन र समाजिक काममा जोड दिन आग्रह गरेका छन् ।
क्लवका संस्थापक अध्यक्ष तथा एरिया चिफ सन्दीप कुमार कसौधन (एमजेएफ)ले सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजमा उदहारणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि अग्रह गरे ।
यस्तै कार्यक्रमा पूर्व अध्यक्ष रिजन चियर पर्सन आशिष कृण्ण श्रेष्ठ(एमजेएफ)ले बोल्दै क्लवको गरिमा अझै बडि बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । कार्र्यक्रममा बोल्दै जोन चियर पर्सन(एमजेएफ) एम एल पाण्डेले क्लवले सबै संगको हातेमाले समेत आवश्यक रहेको भन्दै सोही अनुसारको काम क्लवले अगाडी बढाउनेमा विश्वास व्यक्त गरे ।





