गृहपृष्ठ सय वर्ष अघि यस्तो थियो काठमाण्डौ, केही पुराना दुर्लभ तस्बिरहरु (फोटो फिचर)
सय वर्ष अघि यस्तो थियो काठमाण्डौ, केही पुराना दुर्लभ तस्बिरहरु (फोटो फिचर)
नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी । यो शहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो । मालीगाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि सहितको अवशेष हो प्राचीन काठमाडौंको ।
विभिन्न धार्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाणकै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ ।
स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो । यो पोखरीको नाम नागदह थियो । यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे । त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए । चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफु चीन तर्फनै लागे ।
पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे । राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन ।






