२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ पशुपति क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

पशुपति क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

तिलोत्तमा । रुपन्देहीको कोटिहवा स्थित पशुपति क्याम्पसमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारका आयोजित कार्यक्रममा कलेजमा बिबिएस र बिएड प्रथम बर्षमा अध्ययन गर्ने विद्यार्थीहरूलाई एक कार्यक्रममा स्वागत गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख कृष्णप्रसाद शर्मा, विशिष्ट अतिथि नि. क्याम्पस प्रमुख जयलाल शर्मा बश्याल, कलेजका प्राध्यापकहरू अतिथिको रूपमा रहनुभएको कार्यक्रममा बि.बि.एस./बि.एड. प्रथम, द्वितीय ,तृतीय तथा चौँथो बर्षका बिद्यार्थीहरूको व्यापक सहभागीता थियोे। फुलको गुच्छा,ब्याच तथा खादा लगाएर शुरू गरिएको कार्यक्रममा पहिले राष्ट्रिय गान, नगर गान समेत गाइएको कार्यक्रमको स्वागत मन्तव्य सुश्री शशी कोइरालाले गर्नु भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्मा, निबर्तमान क्याम्पस प्रमुख जयलाल शर्मा बश्याल, प्राध्यापक नारायण प्रसाद ज्ञवाली, डि.बी. थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख  कृष्णप्रसाद शर्माले कार्यक्रमको प्रशंसा गर्दै कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थी विद्यार्थी बीच भाईचारा बढ्नुको साथै समुहमा बोल्ने शैलीको विकास हुने, नयाँ कुराहरू पनि सिक्न मद्दत गर्ने कुरा बताउनुभयो । कार्यक्रमको बीच बीचमा गजल,कविता,कथा,नाच,मुक्तक बाचन आदि क्रियाकलाप गर्दा कार्यक्रममा रमाइलो माहोल बनेको थियो । कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिँदै कार्यक्रमका सभापतिबाट कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभयो । पशुपति कलेजका छात्र शंकर बश्यालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन रबिन सारूले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार