२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ एनपीए लुम्बिनी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको सपथ गहण कार्यक्रम सम्पन्न

एनपीए लुम्बिनी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको सपथ गहण कार्यक्रम सम्पन्न

बुटवल । फार्मासिष्टहरुको छाता संगठन नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए) लुम्बिनी प्रदेशको सम्पन्न अधिवेशनले भोजराज बश्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एसोसियसनको उपाध्यक्षमा मोहन चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै एसोसियसनको सचिवमा सचिन अर्याल र कोषाध्यक्षमा बिष्णु प्रसाद आचार्यसंगै सदस्यहरुमा समुल थापा, अभिशेख पाण्डे र महिला सदस्यमा प्रियंका थैव निर्वाचित भएका छन् ।

एसोसियसनका सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई तिलोत्तमाको पत्थरडाँडामा अवस्थित मिडपोइन्ट पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र वितरण संगै पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम पनि सम्पन्न भएको छ ।

उक्त आयोजित कार्यक्रम सिनियर फार्मासिष्ट बिष्णु प्रसाद अर्याल अध्यक्षता र नेपाल फर्मास्यूटिकल एसोसियसनकी उपाध्यक्ष संजिता बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार