गृहपृष्ठ एनपीए लुम्बिनी प्रदेशद्वारा श्रद्धांजलि सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
एनपीए लुम्बिनी प्रदेशद्वारा श्रद्धांजलि सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
बुटवल । नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए) लुम्बिनी प्रदेशद्वारा श्रद्धांजलि सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगंज अन्तर्गत कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको अस्पताल फार्मेसीको फार्मेसी अधिकृतका रुपमा कार्यरत नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)का आजिवन सदस्य अमृत पोख्रेलको आफ्नो कार्यकक्षमा भएको संकास्पद निधनले सिङ्गो फार्मेसी जगतनै मर्माहित भएको नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)लुम्बिनी प्रदेशले श्रद्धांजलि सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।
नेपाल फर्मास्यूटिकल एसोसियसन लुम्बिनी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न औधोगिक फर्मासिस्ट, कम्म्युनीटी फर्मासिस्ट, हस्पिटल फर्मासिस्टहरुको उपस्थिति रहेको थियो । आउदा दिनमा यस्ता खालका घटनाहरु दोहोरिन नदिन घटनाको सत्यतथ्य छानबिन गरि दोसीको पहिचान गरि कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए) लुम्बिनी प्रदेशले प्रेस विज्ञप्ति पनि जारी गरेको छ ।