२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन्।  व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार