गृहपृष्ठ दुबई (UAE) रहेका बाबुराम गोतामे सुनारको पहलमा ४७ के.जि. अक्सिजन र स्वास्थ्य सामाग्री सहयोग
दुबई (UAE) रहेका बाबुराम गोतामे सुनारको पहलमा ४७ के.जि. अक्सिजन र स्वास्थ्य सामाग्री सहयोग
रुरु ग्वादि २ अमिले गुल्मी जन्मघर बिगत दशौँ बर्ष देखि रोजगारीको सिलसिलामा दुबईमा रहनु भएका बाबुराम गोतामे सुनारको सम्योजकत्वमा रुपकला सुनार, बिट्टु सुनार, सुरज सुनार, अर्जुन बराल, तुल्शीराम कुवर, गीता कुवर, किशन बिक, कौशल राज भण्डारि, सन्तोस ज्ञवाली, सिता अर्याल, बाबुराम अर्याल, गिर बहादुर राना, शिभलाल बिक, जनिता रेश्मि मगर , लक्षमण कुवर, रामु कुवर, कृष्ण दंगाल, रामु बिक, लिल बहादुर बिक, विशन गोतामे सुनार, ममता गोतामे सुनार, मिलन अर्याल, बिजय अर्याल, इन्द्र घर्ति र सोना सारु मगर लगायत युएइ दुबई देखि आफ्नो जन्म गाउँमा रहेको ग्वादि उप-स्वास्थ्य चौकीमा ४७ के.जि अक्सिजन,माक्स, सुज कभर, फेससिल्ड, अति आवश्यक औषधी, भिटामिन, पि.पि.सेट, स्टेथेस्कोप, जस्ता विभिन्न अति आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ ।
कोरोना भाइरसको महामारिको समयमा हामि र हाम्रो परिबार जो कसैले पनि अक्सिजन को अभावमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले सहयोग गरिएको सुनारले जानकारी दिनुभयो। यस भन्दा पहिले रुरु गाउँपालिकामा एम्बुलेन्स,जमुना बचाउ अभियान,लगाएत थुप्रै गरिब,असाहय सहयोगार्थ बचाउ अभियान चलाउनु भएका सुनारले धन भन्दापनि मन भयो भने सहयोग गर्न सकिने जानकारी दिनुभयो ।
थुप्रै सामाजिक संस्थाहरुमा आवद्ध रहनुभएका सुनारले सहयोग जुटाउन गाह्रो भएतापनि सधैभरि सामाजिक काममा पछि नपर्ने समेत जानकारी गराउनु भयो । आफ्नो जन्मथलोमा कोरोना फैलिएको र अक्सिजनको अभाव भएको देखेर उहाँले यो योजना अघि सारेको र सफल भएकोमा सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तिहरुको मुक्तकन्ठले प्रसंसा गर्नुभएको छ। उक्त स्वास्थ्य सामाग्री जुटाउने र पठाउने कार्य भने बुटवलमा रहेका सञ्जीव गुल्मेली सुनचाँदी पसल प्रोपोराइटर सञ्जीव सुनार र सुमन सुनारले गर्नुभएको थियो ।
उहाँहरुको सहयोगले गर्दा उक्त सामानहरु सहजै रुपमा उपलब्ध भएको जानाकारी दिनुभएको छ । ग्वादि देखि भने उप-स्वास्थ्य चौकी प्रमुख राजेस कुमार ओली, अरबिन्द शाह, बिकाश ज्ञवाली, वडा प्रमुख घनश्याम अर्याल ज्यु र लोकेन्द्र मल्ल ज्युको समेत भुमिका रहेको थियो ।





