२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ लियो स्टार्सको निःशुल्क आँखा शिविर

लियो स्टार्सको निःशुल्क आँखा शिविर

बुटवल,७,असोज । सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लव बुटवल स्टार्स र जयसवाल युथ क्लव बुटवलको संयुक्त आयोजनमा मर्चवारी गाउँपालिकाको वडा नं.६ र ७ मा निःशुल्क आँखा शिविर गरेको छ ।

निःशुल्क आँखा शिविरबाट २ सय १३ जनाले स्वास्थ्य जाँच लिएका थिए भने ४३ जनाको मोतिविन्दु देखिएको थियो । मोतिविन्दु भएका विरामी हरुलाई निःशुल्क अप्रेसन चश्मा उपलब्ध गराईने लियो क्लव बुटवल स्टार्सका अध्यक्ष विनोद कुमार जयसवाले बताए । कार्यक्रमा बोल्दै पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लाले अति विकट क्षेत्रमा आएर लियो क्लव बुटवल स्टार्सले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

प्रमुख अथिती मर्चवारी गाउँपालिकाका उप–प्रमुख सुनिता कलवारले क्लवले गरेको जनचेतना सहितको आँखा शिविरबाट सयौंले सेवा लिएको र मोतिया विन्दु भएकालाई निःशुल्क अप्रेसन गरेर संसार देखाउने महान कार्य गरेकोमा र आगामी दिनमा पनि यस्तै सामाजिक काम गर्नु पर्ने बताइन् । त्यस्तै कार्यक्रममा समाजसेवी शिवशंकर जयसवाल सचिव विक्रम प्रसाद आचार्य बोलेका थिए । निःशुल्क आँखा शिविरमा टेक्निकल सपोर्ट लायन्स आँखा अस्पताल बुटवलले गरेको संयोजक प्रतिक खरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार