२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नाै वर्षदेखि फरार अभियुक्त पक्राउ

नाै वर्षदेखि फरार अभियुक्त पक्राउ

अर्घाखाँची, १४ पुस।  अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेकाे छ । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले  पक्राउ परेका हुन् ।

पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार