२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु, हापुरे सडकखण्ड अवरुद्ध

दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु, हापुरे सडकखण्ड अवरुद्ध

दाङ, १६ पुस। दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । पहिचान हुन नसकेकाे गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका-६ का सुमन केसीको मृ’त्यु भएको प्र’ह’रीले जानकारी दिएकाे छ ।

केसीलाई आज बिहान ४  बजेतिर गाडीले ठक्कर दिएको इलाका प्र’ह’री कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । सडकमा घा’इ’ते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृ’त्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

श’व राप्ती प्रादेशिक अस्पतालको श’व’गृहमा राखिएको छ । घ’ट’नापछि मृ’त’कका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्र’ह’रीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार