२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ राेटरी क्लब अफ मणिग्रामको आयोजनामा रोटा क्विज २०२१/२२ कार्यक्रम सम्पन्न

राेटरी क्लब अफ मणिग्रामको आयोजनामा रोटा क्विज २०२१/२२ कार्यक्रम सम्पन्न

तिलोत्तमा,२३ पुस । रोटरी क्लब अफ मणिग्रामको आयोजनामा रोटा क्विज २०२१/२२ कार्यक्रम सम्पन्न भएको छ । रिजनल राेटा  चियर राे.नर बहादुर श्रिसकाे अध्यक्षता Ag.भगवती पाण्डेकाे प्रमुख आतिथ्यता एवं डिस्टिक अफिसियल ध्रुव धिताल, एवं राेटरी क्लब अफ मणिग्रामकाे अध्यक्ष राे.केशव प्रसाद न्याैपानेकाे आथिय्यतामा सम्पन्न भएकाे कार्यक्रममा रोटरी क्लब अफ मणिग्राम, रोटरी क्लब अफ क्यापिटल बुटवल र रोटरी क्लब अफ भैरहवाको सहभागिता रहेको थियो ।

उक्त रोटा क्विज कार्यक्रममा मुख्य निर्णायकमा रोटा क्विज CO  CHAIR राे.राम प्रसाद बस्याल, क्विज मास्टर अर्जुन सापकोटा प्रश्नकर्ता, दुर्गा प्रसाद अर्याल समय निर्धारक , अनन्त राज पन्त  स्कोर रेकर्ड राख्ने भूमिका निभाउनु भएकाे थियो । कार्यक्रममा रोटरी क्लब अफ भैरहवाले प्रथम स्थान त्यस्तै रोटरी क्लब अफ मणिग्राम दाेश्राे स्थान प्राप्त गर्न सफल भयो ।

राेटरी क्लब अफ मणिग्रामका अध्यक्ष राे.केशवप्रसाद न्याैपानेकाे स्वागत तथा राे नर बहादुर श्रीसकाे धन्यवाद ज्ञापनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि Ag.पाण्डेले यस्ता किसिमका कार्यक्रमहरुले राेटरीकाे विषयमा जानकारीहरू प्राप्त हुनुकाे साथै फेलोसिपमा समेत वृद्धिहुने बताउनु भयाे । कार्यक्रमको संचालन  राेटरी क्लब अफ मणिग्रामका सचिव सागर पाठकले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार