२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

कालिकोट, २९ पुस।  बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।  उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार