२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ सहमति संस्थाको आयोजनामा जाडोबाट प्रभावित परिवारलाई न्यानोकपडा राहत समाग्री वितरण

सहमति संस्थाको आयोजनामा जाडोबाट प्रभावित परिवारलाई न्यानोकपडा राहत समाग्री वितरण

शुकदेव गुप्ता, नवलपरासी,६ माघ । पश्चिम नवलपरासी लुथरन वल्र्ड रिलिफको सहयोगमा र सहमति संस्थाको आयोजनामा जाडोबाट प्रभावित अतिबिपन्न परिवारलाई न्यानोकपडा राहत समाग्री बितरण कार्यक्रम गरिएको छ।

जाडोबाट सुस्ता गाउँपालिका वडा नं. २,४,५ अतिबिपन्न परिवारलाई १८५ वटा ब्लाङकेट र ९० वटा म्याट वितरण गरेको हो।

राहत वितरण कार्यक्रममा सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी ,सुस्ता गा।पा।अध्यक्ष रामप्रसाद पान्डेय , सुस्ता ५ का वडाअध्यक्ष प्रभुनाथ यादव , सुस्ता गा.पा. ४ का वडासदस्य विना गिरी , नर्सही महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवथापक कुमारी गुरुङ्ग ,सहमति संस्थाका कार्यकारी सदस्य सदस्य दयासागर सुवेदी तथा कर्मचारी मुन्सी हरिजन,शिव सुवेदी, दिर्घमणि पोखरेल , पत्रकार लगाएत स्थानीय जनताहरुको सहभागीता राहत वितरण गरिएको हो।

फेरी पनि आउने दिनहरुमा यो क्षेत्रमा रहेको गरिब विपन्न परिवारहरुलाई जिवको पार्जन क्षेत्रमा सहयोग गर्छौं। भने सहमति संस्थाका अध्यक्षले प्रतिबद्धता जनाउनु भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार