२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

१५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षक रहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घखाँचीको टोलीले उनलाई पक्राउ गरेको हो।

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार