२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ नमस्ते नेपाल रुपन्देहीले लुम्बिनीमा दिप प्रज्वलन गरि मनायो आफ्नो ११ औँ स्थापना दिवश

नमस्ते नेपाल रुपन्देहीले लुम्बिनीमा दिप प्रज्वलन गरि मनायो आफ्नो ११ औँ स्थापना दिवश

तिलोत्तमा । आफ्नो ११ औँ स्थापना दिवशका दिन नमस्ते नेपाल, रुपन्देहीले शान्तिका दुत गौतम बुद्दको जन्मभूमि लुम्बिनीमा दिप प्रज्वलन गरेर मनाएको छ । उक्त अवसरमा संस्थाका २२ जना सदस्यले प्रतिनिधिमूलक रुपमा सहभागिता जनाई लुम्बिनी स्थित मायादेवी मन्दिरमा दिप प्रज्वलन गरेका हुन् ।

लुम्बिनी बिकास कोषसंगको समन्वयमा संस्थाको स्थापना दिवसको अवसर पारी मायादेवी मन्दिरमा दिप प्रज्वलन गरिएको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए । यस्तै, उक्त पवित्र कार्यमा सहयोग गरेकोमा अध्यक्ष खरेलले लुम्बिनी विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

वि.सं २०६८ सालमा बाल क्लबका रुपमा स्थापना भएको उक्त संस्था वि.सं २०७४ सालमा नमस्ते नेपालको रुपमा दर्ता भई रुपन्देही लगाएतका विभिन्न जिल्लाहरूमा सामाजिक गतिविधिमा संगल्न हुँदै आएको छ । उक्त संस्थामा रुपन्देही जिल्ला लगाएत देशका विभिन्न जिल्लाहरूमा गरि जम्मा ३८० जना सक्रिय सदस्यहरु छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार