२०८२ मंसिर २० गते शुक्रवार | December 05, 2025

गृहपृष्ठ बाबु छोराको हत्या गरेको आरोपमा बुहारीसहित तीन जना पक्राउ

बाबु छोराको हत्या गरेको आरोपमा बुहारीसहित तीन जना पक्राउ

सिराहा । सिराहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिराहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो । घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो ।

घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएएको उहाँले बताउनुभयो । पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार