गृहपृष्ठ १६ बर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा सात जना प्रहरी नियन्त्रणमा
१६ बर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा सात जना प्रहरी नियन्त्रणमा
बुटवल । १६ बर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा बांकेमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। किशोरीको जन्मदिन मनाउन भन्दै बोलाएर उनकै प्रेमीको मिलोमतोमा सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ। बांके प्रहरीका अनुसार पक्राउ परेकाहरु मध्ये एकजना १७ बर्षका छन् भने अरु २३, २४ र २५ बर्षका छन्।
प्रहरीले बलात्कार अभियोगमा बांके बैजनाथ गाउंपालिका वडा नं. ८ का १७ बर्षीय हेमराज थारु र उनका साथीहरु विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई नियन्त्रणमा लिएको बांके प्रहरीले जनाएको छ। राप्ती गाउँपालिकाकी किशोरीको गत शनिबार जन्मदिन परेको र जन्मदिन मनाउन भन्दै बांके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएको र दिउसो घुमफिर गरि सांझ सामुहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौंपानेका अनुसार पक्राउ परेका हेमराज र किशोरीको बीचमा बिगत एक बर्षदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान भएको थियो।
सामाजिक संजालमार्फत चिनजान भएकी किशोरी हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर मानखोला पुगेकी थिइन्। मानखोला पुगेपछि दिनभरी बढैयाताल घुमफिर गरेका उनिहरुले सांझ मानखोलाको फूलवारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाउने गरेका थिए। किशोरी मदिराले लठ्ठीएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
सामुहिक बलात्कार पछि अर्धचेत अवस्थामा पुगेकी किशोरीलाई मध्य रातमै मोटर साइकलमा राखेर बांकेको बैजनाथ ८ पिपरीस्थित बिक्रान्त थारुको बंगुर फर्ममा लगि त्यहांपनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए। सातजनाले बलत्कार गरेपछि बेहोस अवस्थामै भे ३ प ३५२७ नम्बरको मोटरसाइकलको बिचमा राखेर लैजादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। विश्वनाथ र निर्देशन थारुले मोटरसाईकलको बिचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि उनिमाथी सामुहिक बलात्कारको घटना सार्वजनिक भएको हो।





