२०८३ वैशाख २ गते बुधवार | April 15, 2026

गृहपृष्ठ लागुऔषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

लागुऔषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.६ बस्ने बर्ष २३ को अभिषेक थापा मगरले लागु औषध गाँजा कारोवार गरी रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभिषेक थापा मगरको घरकोठा र निजको शरीर समेतमा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा थापा बस्ने दुई कोठे टहरे घरको कोठाभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागु औषध गाँजा जस्तो देखिने पदार्थलाई एकै ठाउँमा मिलाई तौल गर्दा २ के.जी. रहेको थियो । सोही कोठामा पहेलो प्लाष्टिकमा पोको पारी राखेको गाजा ३ के.जि. १५० ग्राम रहेको सोही कोठा भित्र १ थान सानो डिजिटल मेसिन (तराजु) बरामद गरेको छ । तौल गर्ने मेसिन र प्लाष्टिक समेत बरामद गरी लिई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार