२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ किनमेल गर्न भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार, चार जना लुटिए

किनमेल गर्न भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार, चार जना लुटिए

दाङ । दाङबाट किनमेलका लागि भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । अरु चार जना लुटिएका छन् । आइतबार बिहान ११ बजेतिर भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीमाथि भारतीय युवाहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले दुई युवतीमाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

किनमेलका लागि भारतीय बजार हिंडेका ६ जना युवती मध्ये दुई जनालाई बलात्कार गरिएको र अरु चार जनालाई ती युवाहरुले धम्काउदै सरसामान लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताएका छन् । पीडित युवतीहरुले भारतीय प्रहरीमा जोहेरी दिइसकेको पनि डिएसपी रिजालले जानकारी दिए । भारतीय प्रहरीले चार जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी आफूले पाएको डिएसपी रिजालले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार