२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ आफु अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जना व्यक्ति प्रहरी नियन्त्रणमा

आफु अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जना व्यक्ति प्रहरी नियन्त्रणमा

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमा नाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार