२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ डेढ किलो गाँजा सहित २ जना मानिस सालझण्डी प्रहरी नियन्त्रणमा

डेढ किलो गाँजा सहित २ जना मानिस सालझण्डी प्रहरी नियन्त्रणमा

सालझण्डी । सैनामैना नगरपालिकामा डेढ किलो गाँजासहित दुई जना युवक पक्राउ परेका छन् । अबैध लागु औषध गाँजा आफ्नै घरमा लुकाई छिपाई राखेर बिक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टाेलीले दुई जनालाई प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा सैनामैना नगरपालिका -१० झिमपुरका २७ वर्षीय रोशन थारु र सैनामैना-५ बालपुरका २७ वर्षीय कमल कुमाल रहेका छन् । उनीहरुको घर खानतलासी गर्दा थारूको घरमा १ किलो ३६० ग्राम र कुमालको घरमा २०४ ग्राम सुकेको गाँजा बरामद गरिएको छ । उनीहरुमाथि अदालतमा मुद्धा दायर भई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार